सिन्धुपाल्चोकमा जीप दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौ, २९ असार —मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप सिन्धुुपाल्चोकमा दुर्घटना भएको छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका सल्लेमा बिहिबार साझ दुर्घटना हुुदा ५ जनाको मुुुत्युु भएकोे छ ।
मृत्यु हुनेहरुमा भोताङका ७५ वर्षीय भिमबहादुर तामाङ, भोताङकै ५५ वर्षीया जयरामी तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीय बोधोम तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् । बोधोम र सुनमायाको उपचारको लागि लैजाँदै गर्दा र अन्यको घटनास्थलै मृत्यु भएको प्रहरीले जनाएको छ ।