हरेक नेपालीलाई शेयरधनी बनाउने मन्त्री पुनको अग्रसरता

 

काठमाडौं २६, असार—हरेक नेपालीलाई जलविद्युत आयोजनाको शेयरधनी बनाउन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले प्रारम्भीक छलफल सुरु गरेकोछ । उर्जा मन्त्री वर्षमान पुनको अग्रसरतामा मंगलबार सिंहदरबारस्थित उर्जा मन्त्रालयमा सरोकारबाला र उच्च अधिकारीहरु सहित पहिलो चरणको छलफल सुरु भएको हो ।

बैशाख २५ गते मन्त्री पुनले सार्वजनिक गरेको उर्जा तथा जलस्रोत क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र सहितको श्वेतपत्र छ । जसमा हरेक नेपालीलाई जलविद्युत आयोजनाको मालिक बनाउने उल्लेख गरिएकोछ ।