काठमाडौ,२६ असार —सर्वोच्च अदालतको न्यायाधीशसहित एउटा टोली घुमफिरका लागि युरोपेली मुलुक जर्जियातर्फ लागेको छ ।
न्यायाधीश आनन्द मोहन भट्टराईको नेतृत्वको टोलीमा न्याय सेवा बाहिरहरु पनि छन् ।
मेलमिलापसम्बन्धी अनुभव आदान(प्रदान गर्ने भनिएको भ्रमण दलमा उच्च अदालतका न्यायाधीश केशव जोशी, सर्वोच्चका मुख्य रजिष्टार राजन भट्टराई, सह(रजिस्टार नारायण पन्थी, जिल्ला न्यायाधीश अर्जुन अधिकारी र शाखा अधिकृत सुवर्णप्रसाद खनाल छन् ।
त्यस्तै मेलमिलापकर्ताका नाममा सरिता श्रेष्ठ र गीता शर्माका साथै अभिवक्ता मात्रिका निरौलालाई पनि भ्रमण दलमा पारिएको स्रोतले जनाएको छ ।