श्रमिकको न्युनतम तलब १३ हजार ४ सय ५० रुपैया हुनु पर्ने माग

 

काठमाडौं, २६ असार—कामदारको न्युनतम तलब १३ हजार ४ सय ५० रुपैया हुनु पर्ने माग राखिएकोछ । यो भन्दा अघि ९ हजार ७ सय रुपैया थियो । नया सामाजिक सुरक्षा ऐन अनुसार श्रमिकलाई रोजगारदाताले दिनु पर्ने सुविधा जोड्दा अब मजदुरले मासिक १६ सय ९० रुपैया बढीको सुविधा पनि प्राप्त गर्ने छन् । यस अनुरुप यसअनुसार १५ हजार १४० बरारको लाभ मजदुरलाई हुनेछ ।
यसबारे सोमबार श्रम तथा रोजगार मन्त्रालयमा एक पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।