इन्डीयाको जित

 

एजेन्सी, २५ असार—इन्डीयाले ईङल्याण्डविरुद्धको ट्वान्टी—२० क्रिकेट सिरिज भ्रमणकारी खेल जितेकोछ । तेस्रो तथा निर्णायक खेलमा गएराती ७ विकेटाके जित निकाल्दै इण्डियाले तीन म्याचको सिरिज २—१ ले आफ्नो पक्षमा पारेको हो ।

ईङल्याण्डले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य उसले ८ बल अगाबै ३ विकेट गुमाएर भेट्टायो । ओपनर रोहित शर्माले अबिजित १ सय रन बनाएपछि टोलीको जित सहज बनेको हो । कप्तान बिराट कोहलीले ४३ र हार्दिक पाण्डेयले नटआउट ३३ रनको योगदान गरे ।

साभार ः इकान्तिपुर डटकम