प्रदेश नम्बर ४ मा बन्दले गर्दा जनजीवन प्रभावीत

काठमाडौं, २५ असार—तमुवान—मगरात संघर्ष समीतिले गण्डकी प्रदेश नामकरण खोजको माग गर्दै ४ नम्बर प्रदेशमा बन्द गरेको छ । जसले गर्दा जनजीवन प्रभावीत बनेकोछ ।
पृथ्वीराजमार्ग, भुमि शेरचना राजमार्ग लगायत प्रमुख तथा साहय मार्गमा बन्दका कारण यातायात चलेका छैनन् । राजधानी पोखरास्थित बागलुङ, बनेी, कुस्मा, बेशीसहर, दमौली लगायत पर्यटकको आवागमन बढी हुने क्षेत्रमा बन्दको प्रभाव देखिएको हो । बिहानैदेखि शैक्षिक संस्था, बजारपसल लगायत बिहानैबाट ठप्प रहेको छ ।