विश्वकपमा सट्टेबाजी खेलाउँदै आएका चार जना पक्राउ

काठमाडौं, असार २४ —विश्वकप फुटवलमा सट्टेबाजी खेलाउँदै आएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ महानगरीय प्रहरी परिसर टेकुबाट परिचालित टोलीले बालुवाटारबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा निराजन पौडेल, अनिल भण्डारी, अनिल श्रेष्ठ र प्रमोद रानाभाटलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूले विभिन्न अनलाईन मार्फत सट्टेबाजी गराएको एसएसपी विश्वराज पोखरेले बताए।