काठमाडौंमा अझै ६ हजार भन्दा बढी बालबालिका विद्यालय जादैनन

 

काठमाडौं, १९ असार—काठमाडौंमा अझै ६ हजार भन्दा बढी बालबालिका विद्यालयबाहिर रहेको तथ्यांक खुलेकोछ । यो वर्षजारी विद्यार्थी भर्ना अभियानपछि पनि यस्तो नतिजा आएको हो । आज इकान्तिपुरमा लेखिएको छ । यो संख्या ५ देखि १२ वर्ष उमेर समुहका बालबालिका रहेका छन् । जनप्रतिनिधिले चासो नदिदा भर्ना अभियान प्रभावकारी हुन नसकेको बताइएकोछ । काठमाडौमा एक महानगरपालिका र दश नगरपालिका छन् । जसमा २ सय ८२ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा चालु शैक्षिक सत्रमा ८४ हजार विद्यार्थी भर्ना भएका छन् ।