अध्यादेशका तीन विधेयक पारित

काठमाडौं, १८ असार—तीन वटा अध्यादेशका प्रतिस्थापन विधेयक पारित भएका छन् । संघीय संसदबाट यी विधेयक पारित भएका हुन् । खासमा तीन वटा विधेयक सदनबाट फास्ट ट्रयाकमार्फत पारित गरिएको हो । प्रतिनिधि सभाको सोमबार बसेको बैठकबाट यस्तो पारित गरिएको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचन सम्वन्धी विधेयक २०७५, ‘संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक, २०७५’ र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९पहिलो संशोधन० विधेयक संघीय संसदका दुबै सदनबाट पारित भएका हुन् ।