६ किलो सुन सहित नागढुंगामा एक पक्राउ

 

काठमाडौ, १८ असार— सोमबार बिहान काठमाडौंको नागढुंगाबाट प्रहरीले ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । रसुवागढीबाट काठमाडामौं तस्करीको सुन ल्याउँदै गरेको अवस्थामा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका तेञ्जिङ लामालाई नागढुंगामा चेकपोस्टमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।