पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं,१८ असार— पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि एकतर्फी सञ्चालनमा रहेको सडक बिहान ८ बजे ठूलो चट्टान खसेपछि पूर्ण रुपमा अवरुद्ध भएको हो । सिद्धार्थ राजमार्गको आवागमन भने एकतर्फी खुलेको छ ।