काठमाडौ, १८ असार — रुकुुमको मुसीकोट नगरपालिका १२ पितिवाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दाङको तुलसिपुरबाट रुकुम(पश्चिम)को सल्लेतर्फ आउँदै गरेको ना ४ ख ६३२६ नम्बरको बस दुर्घटना हुँदा चालक सहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)ले जनाएको छ ।
बिहान करिब साढे दुई बजेको समयमा बस पल्टिएर खेतमा पुगेको जिल्ला प्रहरीले जनाएको छ ।
रुकुमको मुसिकोटमा बस दुर्घटना, १४ घाइते
![](https://www.emailkhabar.com/wp-content/uploads/2018/07/Accident_Pak24-600x440.jpg)