डा. केसीको अन्धकारमै बित्यो पहिलो रात

काठमाडौ,१७ असार— चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत सामाजिक अभियन्ता डा. गोविन्द केसीको अनशनको पहिलो रात अन्धकारमै वितेको छ ।
केसीको अनशनरत स्थान जुम्लाको कवर्डहलमा बत्तिको व्यवस्था नभएकाले अध्यारोमा नै रात बितेको हो ।  कवर्डहलमा पानी चुहिने, चिसो तथा लुगा कपडाको पनि अभाव रहेको डा. केसीका आफन्तहरुले बताएका छन् ।
चिकित्सा शिक्षा विधेयक मेडिकल माफियाको पक्षमा आएको भन्दै सच्याउन माग गर्दै डा. केसीले जुम्लामा अनशन सुरु गरेका छन ।