चितवनमा बस दुर्घटना, १५ यात्रु घाइते

 

काठमाडौ,१७ असार, —पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान ६ः४५ बजे बस अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार १५ जना घाइते भएका छन् ।
ना ७ ख ५११८ नम्बरको बस भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउ पल्टिएको हो ।
घाइतेमध्ये सात जनाको पुरानो मेडिकल कलेजमा उपचार थालिएको छ । जसमध्ये एकको अवस्था गम्भीर रहेको छ । अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।