आज असार १५ राष्ट्रिय धान दिवस मनाइदै

काठमाडौ,१५ असार— आज असार १५ अर्थात् धान दिवस । देशभर धान रोपेर मनाइँदैछ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा ०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
यसवर्ष सरकारले काठमाडौंको दक्षिणकालीमा धान दिवसको आयोजना गरेको छ ।