जुवा खेल्दै गर्दा १० जना प्रहरीको फन्दामा

 

रौतहट, १४ असार—रौतहरको चन्द्रपुर नगरपालिका १ मा जुवा खेल्दै गरेको अवस्थामा १० जना पक्राउ परेका छन् । बागमती बजारमा बिहिबार जुवा ऐन अन्तरगत मुद्धा चलाएका हुन् । प्रहरीले जुवाको खाल सहित बुधबार पक्राउ गरेको हो ।
उनीहरु संग नगद समेत बरामद भएको प्रहरीले जनाएकोछ । बागमतीका शेषलाल योञ्ननको घरमा जुवा खेलाइरहेको सुचनाका आधारमा पक्राउ गरिएको हो । प्रदेश नम्बर २ स्थित प्रहरी कार्यालयका प्रहरी निरीक्षक निशान्त श्रीवास्तव र इलाका प्रहरी चन्दूनिगाहपुरका प्रहरीको संयुक्त टोलीले खोजि गरेको हो ।