राप्रपाः विभाजन नहुने गरि पार्टी एकता हुने

चितवन, असार १४—पार्टी कहिल्यै नफुट्ने गरी विभाजित शक्तिहरुसंग एकता हुन लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले बताए ।
राप्रपा, राप्रपा(प्रजातान्त्रिक) लगायतका नेताहरु पार्टी एकताका लागि छलफलमा जुटिरहेका बेला थापाले यस्तो भनेका हुन् । उनले विगतमा विभाजन भएका शक्तिसंग अब कहिल्यै नफुट्ने गरी पार्टी एकता गर्ने बताए ।