शान्ती सेनामा महिला संख्या बढाउन संयुक्त राष्ट्रसंघको आग्रह

 

काठमाडौ, १३ असार —संयुक्त राष्ट्रसंघले शान्ति स्थापनार्थ खटिन महिला सैनिकको संख्या बटाउन नेपाली सेनालाई आग्रह गरेकोछ ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसन हेर्ने उपमहासचिव जिन पेइरी लाक्रोइसले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई भेटेर यस्तो भनेका हुन् । उनले जंगी अड्डामा भेटदै महिलाको उपस्थीति गराउन जोड दिएका थिए ।