लेखनाथ नाम घटाएर पोखरा राख्ने निणर्य

 

काठमाडौ,१३ असार— कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको नाम परिवर्तन हुदैछ । नगरसभाले बसेको तेस्रो बैठकले नाम परिवर्तन गर्ने निर्णय गरेको हो । प्रदेश सभामा लेखनाथ हटाएर पोखरा मात्रै राख्ने सिफारिस बैठकमा परेको थियो ।

वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडलेले सोमबार सभामा नाम परिमार्जनको प्रस्ताव राखेका थिए । यसका प्रस्तावलार्य कांग्रेस सचेतक तथा पोखरा ९ का अध्यक्षले रामराज लामिछानेले सर्मथन जनाएका थिए ।