मेस्सीलाई जन्मदिनमा मेस्सीकै केक

एजेन्सी

अर्जेन्टिना विश्वकपमा अहिले निकै खराब अवस्थामा छ । पहिलो खेलमा आइसल्याण्डसँग बराबरी तथा दोस्रो खेलमा क्रोएसियासँग ३–० अप्रत्यासित हारले टिमलाई समस्यामा पारेको छ ।
यहिबिचमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको जन्मदिन पर्यो । सन् १९८७ को जुन २४ मा जन्मिएका मेस्सीले आइतबार ३१ वर्ष पूरा भएर ३२ मा लागे ।
‘बर्थ डे ब्वाइ’ मेस्सीले टिमका सबै खेलाडीलाई अनेक तरिकाले हँसाए । मेस्सीले साथी खेलाडीसँगै जन्मदिन मनाए । केक काटे । प्रशिक्षक जर्ज साम्पाओलीसहित टिमका खेलाडीले मेस्सीलाई जन्मदिनको शुभकामना दिए ।