मलेसिया भिषा लागेका १ हजार ६६ को श्रम स्वीकृती रोकियो

 

काठमाडौं, ११ असार— मलेसियाको भिसा लागिसकेका १ हजार ३ सय ६६ जनाको अन्तिम श्रम स्वीकृति रोकिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले मलेसिया जाने कामदार ठगेको भन्दै विभिन्न संस्था खारेज गर्ने निर्णय गरेपछि उनीहरुको पनि प्रक्रिया रोकिएको हो। तर मन्त्रीको निर्णय पहिले नै मलेसिया जाने प्रक्रिया पूरा गरे पनि उनीहरुलाई अन्तिम श्रम स्वीकृति दिइएन।
आफूहरुले रकम लिइसकेको र सबै प्रक्रिया पूरा गरेका कारण उनीहरुलाई अन्तिम स्वीकृति दिन माग गर्दै वैदेशिक रोजगार व्यवसायी संघले श्रम तथा रोजगार मन्त्रालयको ध्यानाकर्षण गराइसकेको छ। तर मन्त्रालयले उनीहरुलाई श्रम स्वीकृति दिने विषयमा निर्णय गरेको छैन।
संघले श्रममन्त्री गोकर्ण विष्टले विभिन्न नाममा स्थापना भएका संस्था खारेज गर्ने निर्णय पहिले नै उनीहरुको प्रक्रिया पूरा भएकाले श्रम स्वीकृति दिन माग गरेको छ।