असोजभित्र सबै कानुन आइसक्ने सभामुखको भनाई

 

काठमाडौ, १० असार— संविधान कार्यान्वयनका लागि आवश्यक सबै कानुन आगामी असोज २ गतेभित्र प्रतिनिधिसभाबाट पारित गरिसक्ने सभामुख कृष्णबहादुर महराले बताएका छन् ।    चितवनको भरतपुर महानगरपालिकाको दोस्रो नगरसभाको आइतबार उद्घाटन सर्दै सभामुख महराले नयाँ कानुनहरू लागुपछि संघीयताको प्रष्ट कार्यान्वयन भएको देखिने बताए ।
‘कानुन नहुँदा स्थानीय तथा प्रदेश तहमा समस्या आएको छ । ’उनले भने