एसईईमा कुन ग्रेड ल्याउनेले के विषय पढ्न पाउँछन् ?

काठमाडौं, १० असार — यस वर्ष एसईई परीक्षामा ४ लाख ५१ हजार बढी परीक्षार्थी सहभागी भएका थिए । यीमध्ये ०.८५ देखि १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २७२ छ ।१.६५ जीपीए अर्थात ‘सी’ ग्रेड पनि नल्याउनेहरुले माथिल्लो कक्षा पढ्न पाउने छैनन् ।
अंग्रेजी, गणित, विज्ञान र कम्प्युटर विषय पढ्न चाहनेले न्यूनतम जीपीए २ अर्थात ‘सी’ ग्रेड ल्याउनै पर्छ । यसका साथै अंग्रेजी र गणितमा न्युनतम सी प्लस, अंग्रेजीमा न्युनतम सी, सामाजिक र नेपालीमा न्युनतम डी ग्रेड ल्याउनै पर्छ ।
यो भन्दा कम ग्रेड ल्याउनेले यीबाहेक अरु जे विषय पनि पढ्न पाउँछन् ।