विश्वकपमा आज तिन खेल हुने

काठमाडौ, १० असार —रुसमा जारी फिफा विश्वकप फुटबलमा आज ३ वटा खेल हुँदैछन् । समूह चरणको दोस्रो राउन्ड अन्तर्गत समूह जी को आज हुने पहिलो खेलमा इङ्ल्याण्ड र पानामाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे हुनेछ ।
दोस्रो खेलमा राती पौने ९ बजे समुह एचका जापान र सेनेगल भिड्नेछन् । जापानले पहिलो खेलमा कोलम्बियालाई २–१ र सेनेगलले पनि पोल्याण्डलाई २–१ ले पराजित गरेको थियोे ।
त्यस्तै आजको अन्तिम खेलमा राती पौने १२ बजे पोल्याण्ड र कोलम्बिया आमने सामने हुनेछन् ।