आज निर्जला एकादशी ,घर घरमा तुलसीको विउ राखिदै

काठमाडौ,१० असार— आज निर्जला एकादशी घरमा तुलसीको विउ राखिदै छ । हरेक वर्ष जेठ शुक्ल एकादशीका दिन तुलसीको विउ राख्ने गरिन्छ ।
असार शुक्ल एकादशीका दिन हरिशयनी एकादशीमा सोही बीउबाट उम्रिएको तुलसीको बीरुवा विधिपूर्वक रोप्ने गरिन्छ ।
तुलसीलाई धार्मिक तथा वैज्ञानिक हिसाबले पनि महत्वपूर्ण वनस्पतिका रुपमा लिईन्छ । तुलसीबाट अत्यधिक अक्सिजन प्राप्त हुने गरेको वैज्ञानिक मान्यता रहेको छ । त्यस्तै, औषधीको रुपमा पनि तुलसीको प्रयोग त्यत्तिकै हुने गरेको छ । धार्मिक मान्यतामा तुलसीलाई विष्णुको अवतारमा रुपमा पूजाआजा गर्ने गरिन्छ ।