सुन तस्करीमा व्यापारी विमल पोदार पक्राउ

काठमाडौं, ६ असार—व्यापारी विमल पोदारलाई संगठित सुन तस्करी माथि अनुसन्धान गर्न बनेको विशेष समीतिले पक्राउ गरेकोछ । मंगलबार साझ डिल्ली बजार क्षेत्रबाट पक्राउ गरेको हो । बा ८ च ७७१३ नम्बरको कालो रंगको स्कोडा गाडीमा उनलाई नियन्त्रणमा लिइएको जानकारी दिइएकोछ ।
बिहिबार दिउसो पोदरको गृह मन्त्रालयमा वयान जारी रहेको उच्च प्रहरी स्रोतले जनाएकोछ । उनी व्यापारी दिपक मलहोत्रका साझेदार समेत हुन् । मलहोत्र भने मंगलबार नै प्रधानमन्त्री केपी ओलीको टोलीमा चीन भ्रमण पुगेका छन् ।