जनप्रतिनिधि र कर्मचारीले वर्षमा बढीमा ३ पटक मात्र विदेश भ्रमण गर्न पाउने

असार ५,काठमाडौं – सरकारले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले वर्षमा बढीमा ३ पटक मात्र विदेश भ्रमण गर्न पाउने कार्यविधि प्रस्ताव गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भ्रमणलाई व्यवस्थित र मर्यादित बनाउन भनेको छ ।

संघीय सरकारलाई थाहै नदिई आफूखुसी औचित्यहीन कार्यक्रममा विदेश जाने क्रम बढेपछि स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमणसम्बन्धी किार्यविधि बनाउन लागिएको कान्तिपुरमा खबर छ ।

समाचार अनुसार संघीय मामिला मन्त्रालयले आफ्नो सिफारिसबिना स्थानीय तहका पदाधिकार िर कर्मचारीको भिसा सिफारिस नगर्न कन्सुलर सेवा विभाग तथा राहदानी विभागलाई ध्यानाकर्षण गराएको छ ।