असार ५,काठमाडौं – प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्त्वपूर्ण सम्झौता हुने भएको नयाँ पत्रिका दैनिकमा खबर छ ।
केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेसम्बन्धी सम्झौता हुनेछ ।
यातायात तथा पारवहन सम्झौताको प्रोटोकोल भने अर्को महिना टुंगिने भएको छ । बेइजिङस्थित नेपाली दूतावासका अधिकारीलाई उद्धृत गर्दै नयाँ पत्रिकाले प्रोटोकल टुंग्याउन अर्को महिना बैठक डाक्ने सहमति भ्रमणका क्रममा हुने लेखेको छ । नेपाल र चीनले जारी गर्ने संयुक्त वक्तव्यमा यो विषय समावेश गर्ने तयारी छ ।