आफ्नो सुविधा बढाउँन प्रस्ताव गर्दै सांसद !

असार ५,काठमाडौं – मर्यादाक्रम विवादका कारण दफावार छलफल रोकिएको प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सेवासुविधाबारे निर्णय गर्दै सांसदहरुले आफ्नै सेवासुविधा बढाउने प्रस्ताव गरेका छन् ।

समितिले तयार पारेको प्रतिवेदन प्रदेशसभाबाट पारित भए सबै प्रदेशसभा सदस्यलाई अधिकृत तहको स्वकीय सचिव र सबै पदाधिकारीलाई गाडी र ईन्धनको सुविधा प्रदान गरिनेछ ।

प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको सेवासुविधा प्रदेश कानुन् बमोजिम हुने संविधानमा उल्लेख छ ।

सोमबार प्रदेश मामिला समितिले दफावार छलफल टुग्याउँदै प्रदेसभा सदस्यलाई अधिकृत तहको स्वकीय सचिव व्यवस्था गराउने निर्णय गरेको हो ।, आजको कान्तिपुर दैनिकमा छ ।