प्रदेश १ मा संचार विधेयक पारित गरिदै

विराटनगर, ४ असार—आज सोमबार प्रदेश १ का संसदले प्रदेश रेडियो, एफएम र टेलिभिजन प्रसारण विधेयक पारित गर्ने भएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धी व्यवस्था गर्न दुई दिन अघि नै विधेयक बैठकमा पेश गरको थिए ।
संसद कार्यलयले त्यहि विधेयकमा अन्तिम छलफल गरेर आज पारित गर्न लागिएको जानकारी दिएकोछ । विधेयकमा ३३ दफा छन् ।