मौसामविद्का अनुसार हिले वर्षा केहि दिन अझै हुने, यस्तो पानी प्रयोग नगर्न सुझाव

काठमाडौं, ३ असार—शुक्रबारदेखि वर्षामा लेदो देखिएकोछ । भारतको राजस्थानमा हुरिवतास चलेको र उच्च वायु हुदै नेपालको वायुमण्डलमा मिसीएर पानी पर्दा हिलो आएको मौसमविद्ले बताएका छन् । यो क्रम अझै केहि दिन जारी रहने उनीहरुको दावी छ । मौसमविज्ञहरुले यो समयमा पानीमा नभिज्न, आकाशे पानी प्रयोग नगर्न र बाहिर खुला शरिरमा नहिड्न समेत सुझाव दिएका छन् ।
हानिकारण्क र रसायिनक तत्वले स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने हुदा बालबालिका, वृद्धवृद्धालाई संरक्षण गर्न पनि सुझाव दिएकोछ । यस्तो हानिकारक पानीले झाडापखाला, टाइफाइट, जन्डिस जस्ता रोग देखा पर्न सक्छ । प्रयोगै गर्नु परे पनि पानीलाई १५ मिनेट सम्म उमाल्ने समेत सल्लाह दिएका छन् ।