बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

काठमाडौं, ३१ जेठ—  पुर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा गत साँझ यात्रुबाहक बसले ठमोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
काँकडभिट्टाबाट वीरगञ्जतर्फ जाँदै गरेको मे १ ख २२८२ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ७५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको रुपनी गाउँपालिका–३ बस्ने धर्मेन्द्र साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।