घर निर्माणमा दोस्रो किस्ता लिने २ लाख भन्दा बढी पीडित किस्ताको पहुचबाट बञ्चित

 

काठमाडौं, ३१ जेठ—घर निर्माणका लागि दोस्रो किस्ता लिन असार मसान्तर सम्मको समय राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले तोकेपनि २ लाख भन्दा बढि पीडित अझै पनि सरकारी पहुच भन्दा बाहिर रहेका छन् । गत चैत २० गतेको प्राधिकरण निर्देशन समितिको बैठकले दोस्रो किस्ता लिनका लागि असार मसान्त सम्म समय तोकेको थियो ।

यसै बिच प्रभावकारी समन्वय नहुदा २ लाख भन्दा बढी पीडित अहिले पनि सरकारी पहुच भन्दा बाहिर रहेको छ । प्राधिकरणका प्रवक्ता एवं सह सचिव कृष्ण प्रसाद दवाडीका अनुसार ६ लाख ७५ हजार ८४ जना लाभग्राहीको सूचीमा परेपनि प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार अहिले ३ लाख ९८ हजार १ सय ८५ जनाले मात्रै दोस्रो किस्ताको सुविभा पाएको बताएका छन् ।