नया पाठ्यक्रम लागु नगर्न सरकार समक्ष लबिङ गरिदै

काठमाडौं, ३० जेठ—कक्षा ११ मा नया पाठ्यक्रम लागु गर्ने भनिएपनि तत्कालका लागि सञ्चालक र पाठ्यपुस्तक प्रकाशकले लागु नगर्न सरकार समक्ष लविङ गरिरहेका छन् । साउनबाट पढाइ हुने कक्षा ११ मा नया पाठ्यक्रम लागु हुदैछ । राष्ट्रिय पाठ्यक्रम प्रारुप पारित भई कार्यानव्यनको अन्तिम चरणमा पुगेकोछ ।

यता निजी प्रकाशन र विद्यालयले सञ्चालकले त्यसको लागु गर्न नहुने भन्दै लविङ गरिरहेका छन् । प्रधानमन्त्री कार्यालयमा पुगेर नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ, नेपाल पुस्तक विक्रेता तथा प्रकाश संघ र उच्च शिक्षालय तथा माध्यमीक विद्यालयसंघ(हिसान) ले लबिङ गरेका हुन् ।