चर्को गर्मी बढ्दै, विद्यालय तीन दिन बन्द

 

दाङ, ३० जेठ—गर्मी दिनानु दिन चर्किदैछ । यसले मानसिहरुको दैनिकी बिताउन गाह्रो परेकोछ । यसै बिच गर्मी बढ्दै गएपछि दाङका निजी विद्यालय तीन दिनकालागि बन्द गरिएकोछ । गर्मीले विद्यार्थी विरामी हुन थालेका छन् । यसले पठन पाठन र उनीहरुको स्वास्थ्यमा प्रत्यक्ष असर परेको हुदा विद्यालय बन्द गर्न लागिएको हो ।
प्याव्सनका अध्यष यादव गीरि र एनप्यावसनका अध्यष भिमबहादुर बुढाथोकीले सामुहिक बक्तव्य जारी गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाको सामुदायिक विद्यालयमा पनि तीन दिन बिद ागर्ने निधो गरेको छ । बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परको भन्दै शिक्षा समीतिको बैठकले आजदेखि शुक्रबार सम्म विद्यालय बन्द गर्न लागेको हो ।