गएराति अरुण तेस्रो जलविद्युत लक्षित गरि सकेट बम विस्फोट

काठमाडौं, ३० जेठ—गएराति पौने १ बजेतिर तीन वटा सकेट बम प्रहार भएकोछ । संखुवासभाको खांदबारी—९ मा रहेको तुम्लिङटारमा अवस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयलाई लक्षित गरेर बम प्रहार गरिएको हो । बनमाराको झाडीमा विस्फोट भएको छ । कुनै क्षति भने भएको छैन ।
प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीका अनुसार बम फयाक्ने समुहको खाजी जारी रहेको जानकारी दिएका छन् । उनले भोजपुरतिरबाट आएर बम पड्काएर फेरि भोजपुरतिरै फर्किएको अनुमान लगाएका छन् । अझै खोजतलास जारी छ ।