प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस

काठमाडौ,२९ जेठ—संवैधानिक परिषदले प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले जोशीको नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीशको पद ३० फागुनदेखि रिक्त छ ।