९० प्रतिशतले दिए कोरियन भाषाको परिक्षा

काठमाडौ,२९ जेठ— दक्षिण कोरियामा काम गर्न प्रवेश पाउने रोजगार अनुमति प्रणाली (ईपीएस) को नवौँ कोरियन भाषाको परीक्षामा आवेदन दिएका मध्ये ९० प्रतिशतले परीक्षा दिएका छन् ।

यही जेठ २६ र २७ गते सम्पन्न परीक्षामा ७४ हजार ८ सय ६० जनाले परीक्षा दिएको नेपाल इपीएस सेन्टरले जनाएको छ। ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए।

कोरियन भाषा परिक्षाका लागि काठमाण्डौ र ललितपुरमा २४ केन्द्र र पोखरामा चार गरी २८ केन्द्रमा परीक्षार्थीहरुले परीक्षा दिएका थिए। जसमा २ सय ४७ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए।