यूएन पार्कमा अशोक लामामाथि प्रहरीको इन्काउण्टर

 

काठमाडौ २८ जेठ  — ललितपुरको शंखमुलस्थित यूएन पार्कमा गुण्डागर्दीमा संलग्न अशोक लामामाथि प्रहरीले इन्काउण्टर गरेको छ । मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्नकै लागि अपराध अनुसन्धान महाशाखाबाट खटिएका टोलीले गोली चलाएको हो । गोली लामाको खुट्टामा लागेको छ।

घटनास्थलबाट प्रहरीले एउटा पस्तोल २ राउण्ड गोली समेत बरामद गरेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । घटनामाथि अनुसन्धान भइरहेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।