चितवनमा दैनिक ८ घन्टा विद्युत अबरुद्ध हुने

 

चितवन, २८ जेठ—आजदेखि एक साता सम्म चितवनको माडीमा दैनिक ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएकोछ । यसले स्थानीयबासी प्रत्यक्ष प्रभावीत भएका छन् । नगरपालिकाको काम र व्यवसाय प्रभावीत भएको छ ।

यसको कारणमा ३३ केभी अन्डर ग्राउण्ड प्रसारण लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले आगामी असार ३ गतेसम्म विहान ९ बजेदेखि साझा ५ बजे सम्म विद्युत अवरुद्ध हुने भएको नेपाल विद्युत प्राधिकरण सबस्टेशन माडीले जनाएकोछ ।