उत्तरकोरियाली नेता किम जोङलाई भेट्न सिंगापुर पुगे अमेरिकन राष्ट्रपति ट्रम्प

एजेन्सी २८ जेठ—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाली नेता किम जोङ उनसंग भेटवार्ता गर्न सिंगापुर पुगेका छन् । सिंगापुर विदेशमन्त्री भिभियन बालाकृणनले ट्रम्पलाई पाया लेबर एयर बेसमा स्वागत गरेका छन् । भोली मंगलबार नै दुई नेता बिच ऐतिहासीक वार्ता हुने छ ।
मंगलबार सेन्तामा आइल्याण्डमा रहेको होटल क्यापेलामा उनीहरु दुवैले बुहप्रतिक्षित बार्ता गर्ने छन् । यो भेट उनीहरुको पहिलो हुनेछ । उत्तर कोरियाले यो भेट अमेरिकासंग नया सम्बनध विस्तार गर्न सघाउ पुग्ने विश्वास लिएकोछ । उनीहरुलाई सिंगापुरमा रहेका गोर्खा प्रहरीले सुरक्षा दिएका छन् ।