फेन्सी स्टोरमा आगलागी हुदा २ करोड ५० लाखको क्षति

इटहरी, २८ जेठ—सुनसरीको इटहरी उपमहानगरपालिका ६ स्थित मुख्य बजार क्षेत्रको इन्द्र फेन्सी स्टोरमा आगालागी हुदा झन्डै २ करोड ५० लाख रुपैया बराबरको क्षति भएको जनाइएकोछ । राती साढे १२ बजे अकस्माक आगलागि भएको थियो ।
विद्युतिय सर्ट भएपछि आगलागी भएको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक शिवकुमार श्रेष्ठले आगलागिबाट फेन्सि स्टोरमा भएका लत्ताकपडा, सामान जलेर नष्ट भएको बताएका छन् । आगलागी निभावउन इटहरी, धरान, दुहवी, इनरुवाका चार दमलक सहयोग लिएको उनले खुलाए ।