पोखरामा ११ जना जुवाडे पक्राउ

पोखरा, २७ जेठ—एक लाख ६ हजार नगदसहित ११ जना जुवाडेलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरीको टोलीले फक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका—१२ माटेपानी बस्ने ५२ वर्षीय राज गुरुङको शनिबार घरबाट छ बुक ताससहित पक्राउ गरिएका प्रहरीले जनाएकोछ ।
पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका–११ रानीपौवाका ६२ वर्षीय नेत्रबहादुर गुरुङ, ५५ वर्षीय लक्ष्मण गुरुङ, ५५ वर्षीय गगन गुरुङ, पोखरा–१२ का ६२ वर्षीय कृष्णबहादुर गुरुङ, ५२ वर्षीय राज गुरुङ, ४८ वर्षीय लिहितकुमार गुरुङ, ६० वर्षीय मनबहादुर गुरुङ, वडा नं १३ भद्रकालीका ६५ वर्षीय तेजबहादुर गुरुङ र बाझापाटनका ६० वर्षीय रसबहादुर गुरुङ छन् ।
पक्राउ परेका सबैलाई थुनामा राखि आवश्यक कारबाही सुरु गरिएको प्रहरीले जनाएकोछ ।