आजदेखि बजेटमा मन्त्रालयगत शीर्षकमाथि छलफल सुरु

काठमाडौं, २७ जेठ—आइतबार बिहान ११ बजेदेखि आर्थिक वर्ष २०७५÷७६ को बजेटमा मन्त्रालयगत शीर्षकमा छलफल सुरु हुदैछ । यसैका लागि प्रतिनिधिसभाका बैठक बोलाइएकोछ । पहिलो दिन आइतबार सन्चार तथा सुचना प्रविधि, खानेपानी, कृषि, भुमि व्यवस्था था सहकारी र कानुन न्यासय तथा संसदीय मामिला मन्त्रालयको बजेटमा छलफल हुने संसद सचिवालयले तयार पारेको कार्यसुचीमा छ ।
अबदेखि शनिबार बाहेक हरेक दिन बिहान ११ बजेदेखि दिउसो ४ बजे सम्म मन्त्रालय अन्र्तगत शिर्षकमा छलपफल हुनेछ । यस्तो खाले छलफल असार १ गते सम्म जारी रहने छ। त्यस लगत्तै छलफल पछि विभागीय मन्त्रीहरुले त्यसको जवाफ दिने क्रम चल्नेछ । उनीहरुको जवाफ पाएपछि नै असार मसान्तभित्र बजेट पास गर्ने तयारी रहेकोछ ।