तारा एयर दुर्घटना, यात्रु सुरक्षित

काठमाडौं, २६ जेठ—तारा एयरको विमान दुर्घटनामा परेकोछ । जुम्लाका लागि नेपालगञ्जबाट शनिबार दिउसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ट्वीनअटर अवतरणका क्रममा अगाडिको पांग्रा पन्चर भएको हो । जसले गर्दा दुर्घटना भएको जान्नमा आएकोछ ।
जहाज धावनमार्ग भन्दा बाहिर गएको छ । यद्यपी विमानमा रहेका १८यात्रु र ३ जना चालक दलका सदस्य सबै सुरक्षित छन् । २ बजेर ४० मिनेटमा विमान अवतरण गर्न लागेको थियो ।