अस्वस्थ्य डा. देवकोटाले जन्म थलो घम्ने रहर पुरा गरे

पालुङटार, २६ जेठ—वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उनलाई शनिबार पुर्खौली घर गोरखा उनका परिवारले ल्याएर फर्काएका छन् । पालुङटार नगरपालिका—४ बोहोरा गाउ ल्याएको हो । उनले जन्म घरमा ५५ मिनेट र बोहोरा गाृमा डेढ घण्डा विताएका थिए । उने पुर्खौली घर नजिकैको सिस्नेपानी धाराको पानी खाने इच्छा जनाएका थिए । उनका उपचारमा सलग्न मेडिसिटी अस्पतालका इमर्जेन्सी मेडिसिन विभागका प्रमखु डा. सञ्जय काकीले धाराको पानी खाएपछि देवकोटाको अनुहार उज्यालो भएको बताए । देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको सञ्जयले बताएका छन् ।