काठमाडौ — रुसी साहित्यकार अलेक्जेन्डर पुस्किनको सम्झनामा हरेक बर्ष जुन ६ मा बिभिन्न कार्यक्रमहरू गरिन्छ । राजधानीमा बुधबार बिभिन्न कार्यत्रम गरेर सम्झना गरियो ।
रुसी सास्कृतिक केन्द्र र शैली थिएटरले पुस्किनको कथामा आधारित नाटक माझि र सुनौलो माछा मन्चन गरीयो । नाटक मन्चन हुनु अघि पुस्किनसग सम्बन्धित बिभिन्न डकुमेन्ट्री र पुस्तकहरु प्रदर्शनी गरिएको थियो ।
अंग्रेजी भाषामा मन्चन भएको यस नाटकमा सशांक बोहोरा, स्नेहा पौडेल, श्रस्था घिमिरे, सुभम ज्ञवाली, रोबिन तामाङ, सुबास सुबेदी, सदीन लुइँटेल, शिरीर अर्याल, देबेन्द्र बब्लु, दीपिका राईले ले अभिनय गरेका थिए । नाटक आर्यन न्यौपानेले निर्देशन गरेका थिए ।
कार्यक्रममा जंगम चौहान, डा गीता त्रिपाठी, मोमिला, फूलमान बल, आन्तोंन मास्लोव लगायत अन्य कविले नेपालि र रुशी कबिता वाचन र गीत गाएका थिए ।