नेपाल प्रहरीमा अब ५ एआईजी मात्र , प्रदेश प्रहरीको नेतृत्व डीआईजी गर्ने

 

काठमाडौ, २४ जेठ— गृह मन्त्रालयले नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक एआईजीमा ५ एआईजी मात्र राख्ने मस्यौदा तयार पारेको छ ।
मस्यौदामा बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हस्ताक्षर गरेका हुन । अब यो मस्यौदालाई निर्णयका लागि मन्त्री परिषदमा लगिने तयारी गरिएको छ । अब प्राविधिकसहित ५ एआईजी मात्र हुनेछन । यो निर्णयसँगै अब प्रदेश प्रहरीको नेतृत्व डीआईजीले गर्नेछन ।