गृहमन्त्रीले चीन संग सुन तस्करी नियन्त्रण गर्न सहयोग अपिल

काठमाडौं, २२ जेठ—गृहमन्त्री रामबहादुर थापाले चिनिया समक्ष चिनिया नाकाबाट समेत सुन तस्करी र डलरको अवैध कारोबार हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न अनुरोध गरेका छन् ।
नेपालका लागि चिनिया राजदुत यु होङ संगको सिंहदरबारस्थित गृहमन्त्रालयमा भेटमा उनले चिनिया नाकाको प्रयोग गरेर सुन तस्करी हुनु दुःखद भएको बताए । करिब ४ टन सुन तस्करी प्रकरणकै बीच चिनिया राजदुतसंग भेटमा गृहन्त्री थापाले चिनिया नाकाबाट हुने गरेको सुन तस्करी र ठलरको अवैध कारोबारमा चासो राखेका थिए ।