काठमाडौं, २१ जेठ—ट्रक र जिप आपसमा ठक्कर खादा धादिङमा ३ जना घाइते भएका छन् । धार्के नजिक चार किलोमा दुर्घटना भएको हो । जसमा ट्रकमा आगलागि भएको छ ।
काठमाडौंबाट चितवन जादै गरेको बा १७ त १०९३ नम्बरको जीप विपरित दिशाबाट आइरहेको ना ५ ख ८७७० नम्बर ट्रक संग ठोक्किएको थियो । अहिले सम्म आगो लागि नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालयको टोलीले जनाएकोछ ।
धादिङ ट्रक र जीप ठोक्कीयो, ३ जना घाइते
